हेटौँडा उपमहानगरको बजेट २ अर्ब ८ करोड ६६ लाख

तामसालिङ खबर
१० असार २०७७, बुधबार १३:२५

असार, हेटौँडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ । हेटौडा उपमहानगरको आज भएको सातौ नगरसभामा नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उपमेयर मिनाकुमारी लामाले बजेट प्रस्तुत गरेकी हुन ।

बजेटमा पुर्वाधार विकास तर्फ ९७ करोड ९८ लाख ३९ हजार, आर्थिक विकास तर्फ ६ करोड ५३ लाख, सामाजिक विकास तर्फ ७२ करोड ७४ लाख ७९ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ४ करोड ७१ लाख १९ हजार र संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन तर्फ ३ करोड ५४ लाख विनियोजन गरिएको उपमेयर लामाले वताउनुभयो ।

उपमहानगरले आन्तरिक श्रोतबाट २० करोड १४ लाख ७९ हजार रुपैयाँ, राजश्व बाडफाडबाट ५५ करोड ३ लाख ४४ हजार, प्रदेश सरकारको अनुदानबाट ८ करोड ३५ लाख ९८ हजार तथा संघीय सरकारको अनुदानबाट ९८ करोड ९९ लाख र असार मसान्त सम्म खर्च नभइ बचत भएको २६ करोड १३ लाख ११ हजार रुपैयाँबाट खर्च व्यहोर्ने लक्ष्य राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*