बाबा रामदेवले कोरोना भाइरसको औषधी बनाएको दाबी

तामसालिङ खबर
९ असार २०७७, मंगलवार १९:५०

असार, भारत – स्वामी रामदेव र आचार्य बालकृष्णको नेतृत्वमा रहेको पतञ्जली कम्पनीले कोरोना भाइरसविरुद्ध आयुर्वेदिक औषधि बनाएको दावी गरेको छ। रामदेव र आचार्यले मंगलवार पत्रकार सम्मेलन गरेर ‘कोरोनिल’ नामक ट्याबलेट सार्वजनिक गरेका छन् ।

संसारभर महामारीको रुपमा रहेको कोरोना औषधि कुनै देशले बनाउन सकेको छैन । शक्ति राष्ट्रले भ्याक्सिन बनाउने प्रयास गरिरहेका छन् । अर्को वर्षमात्रै औषधि बन्ने सम्भावना छ । यस्तो बेला पतञ्जलीले भाइरसविरुद्ध कोरोनिल ट्याबलेट बजारमा ल्याएको हो । योगगुरु समेत रहेका बाबा रामदेवले यो महामारीलाई मात दिने औषधि तयार भएको दावी गरेका छन् ।

विश्व भाइरसविरुद्धको कुनै पनि खालको औषधिको पर्खाईमा रहेको भन्दै उनले आफूहरुले पहिलो आयुर्वेदिक औषधि तयार गरेको दावी गरे। ऐलोप्याथिक प्रणालीले मेडिसनलाई लिड गरिरहेका बेला आफूहरुले कोरोनिल बनाएको र त्यसमा क्लिनिकल कन्ट्रोल अध्ययन गरेको रामदेवले जानकारी दिए।

उनका अनुसार एक सय मानिसमा यसको टेस्ट गरिएको थियो । जसमा तीन दिनभित्र ६५ प्रतिशत बिरामीको रिपोर्ट पोजेटिभबाट नेगेटिभ आयो । रामदेवले ७ दिनमा सबै विरामी ठीक भएको सुनाए । आफूहरुले गहिरो अनुसन्धानबाट यो औषधि तयार पारेको उनको भनाई थियो ।

‘हाम्रो औषधिको सय प्रतिशत नै रिकभरी रेट छ। शून्य प्रतिशत डेथ रेट छ,’ रामदेवले भने, ‘हुनत मानिसहरु हाम्रो यो दाबीमा प्रश्न उठाउन सक्छन् । तर हामीसँग सबै जवाफ छ । हामीले सबै वैज्ञानिक नियमको पालना गरेका छौं।’ यो औषधि बनाउँदा देसी सामानको मात्रै प्रयोग गरिएको छ । जसमा मुलैठी(काढ़ा, गिलोय, अश्वगंधा, तुलसी, श्वासरि छन् ।

आयुर्वेदबाट बनेको यो औषधि आगामी ७ दिनमा पतञ्जली स्टोरहरुमा पाइने रामदेवले जानकारी दिए । साथै ऐपमार्फत घरघरमा औषधि पुर्‍याइनेछ । पतञ्जलीका आचार्य बालकृष्णले पनि यो औषधिले कोरोनालाई परास्त गर्ने बताए । कोरोना आएदेखि नै आफूहरु औषधिको आविष्कारमा जुटेको भन्दै अहिले आएर आफूहरुको प्रयास सफल भएको उनको भनाई छ ।

बालकृष्णका अनुसार औषधि पत्ता लगाउने क्रममा पतञ्जली रिसर्च इन्सिच्युट, हरिद्वार एण्ड नेसनल इन्सिच्युट अफ मेडिकल साइन्स, जयपुर संयुक्त रुपमा शोधमा थिए । औषधिको निर्माण दिव्य फार्मेसी, हरिद्वार र पतञ्जली आयुर्वेद लिमिटेड, हरिद्वारले गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*