प्युठानको क्वारेन्टाइनमा शिशु जन्मियो

तामसालिङ खबर
९ असार २०७७, मंगलवार १९:३७

असार, प्युठान – प्युठानको एक क्वारेन्टिनमा बसेकी गर्भवतीले शिशु जन्माएको छ । मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टिनमा बस्नुभएका १८ वर्षीया सीता खड्काले छोरा जन्माएका हुन् ।

क्वारेन्टिनमा सुत्केरी व्यथा लागेपछि उहाँलाई प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा ल्याइएको थियो । स्वास्थ्य केन्द्रमै बिहान करीब ८ बजे उहाँ सुत्केरी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताउनुभयो ।

आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ । खड्काको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । पिसीआर लिने नलिने विषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताउनुभयो । – रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*