मनहरीको कोरोना संक्रमित ४ जनाको रिर्पोट नेगेटिभ

तामसालिङ खबर
९ असार २०७७, मंगलवार १२:२७

असार, हेटौँडा – कोरोना भाइरसको संक्रमण पुष्टि भएका पश्चिम मकवानपुर मनहरीका ६ जना संक्रमित मध्ये ४ जनाको पछिल्लो रिर्पोट नेगेटिभ आएको छ ।

हेटौँडाको किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा रहेको कोभिड १९ प्रयोगशालामा गरिएको पहिलो परिक्षणकै क्रममा उनीहरुको नेगेटिभ रिजल्ट आएको कोरोना आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।

उनीहरुको अर्को परिक्षण भोली गरिने र भोलीनै डिस्चार्ज गर्ने तयारी गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*