कोरोनाबाट मृत्यु भएमा मृतकको परिवारलाई ५० हजार दिने

तामसालिङ खबर
९ असार २०७७, मंगलवार १०:२१

असार, डोटी – नेपालको एक स्थानीय तहले कोरोना भाईरसको संक्रमणबाट आफ्नो स्थानीय तहभित्रको नागरिकको मृत्यु भएको अवस्थामा ५० हजार रुपैँया दिने निर्णय गरेको छ ।

डोटीको बडीकेदार गाउँपालिकाले कोरोना संक्रमितलाई एक हजार पाँच सय र मृत्यु भएमा मृतकका परिवारलाई ५० हजार दिने निणर्य गरेको हो ।गाउँपालिकाका अध्यक्ष कृष्ण वहादुर चन्दका अनुसार रोग प्रतिरोधात्मक शक्ति बढाउन उक्त रकम खानपानमा खर्च गर्न गाँउपालिकाले निणर्य गरेको हो ।

भिटीएम अभावका कारण हामीले सबैको स्वाब संकलन गर्न नसकेको जनाउँदै उनले भारत तथा अन्य मुलुकबाट आएका ब्यक्तिहरुलाई गाउँपालिकाले वडाका विभिन्न बिद्यालयहरुमा ब्यवस्थापन गर्दे आइरहेको र सबैको आरटिडि परिक्षण भईसकेको बताएका छन् ।

बाहीरी मुलुकबाट गाउँपालिकामा आएका नागरिकहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाईनमा राख्ने गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*