हेटौंडाकी सुस्मिताको हत्यामा ससुरा र नन्दको संलग्नता रहेको प्रहरीको भनाई

तामसालिङ खबर
९ असार २०७७, मंगलवार ०८:३२

असार, हेटौंडा – घरको भान्सा कोठामा असार २ गते मृत भेटिएकी हेटौंडा उपमहानगरपालिका– ४ गर्दोही सूर्यचोककी सुस्मिता थापाको हत्यामा ससुरा र नन्दको संलग्नता देखिएको छ ।

एक साता लामो अनुसन्धानपछि हत्यामा सुस्मिताका ससुरा प्रकाश थापा र नन्द सीताको संलग्नता पुष्टि हुने आधार भेटिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।

त्यस दिन खाना खाने समयमा विवाद भएको र भान्सा कोठामै लोहोराले हानेर सुस्मिताको हत्या भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ   छ । घटनाको क्रममा सासुले रोक्न खोजे पनि नन्द र ससुराले विभत्स ढंगबाट हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी राठौरले बताए ।

सुस्मिताका श्रीमानको ६ महिनाअघि सवारी दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि परिवारमा विवाद भएपछि सुस्मिता माइत बस्दै आएकी थिइन् । तर श्रीमानको मृत्युको ६ महिना पुगेको अवसरमा गर्नुपर्ने साँस्कृतिक कामका लागि उनी घर फर्किएकी थिइन् । लगत्तै लकडाउन भएकाले माइत फर्किन नपाएइको देखिएको एसपी राठौरले बताए ।

हत्यामा परिवारकै सदस्य संलग्न भएको पुष्टि हुने आधार देखिए पनि घरबाहिरका पनि कोही संलग्न हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान प्रक्रियालाई फराकिलो पारेको छ । सुस्मिताका ससुरा र नन्दलाई प्रहरीले हिरासतमा राखी ज्यान सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ ।

सुस्मिताको टाउकोको पछिल्लो भागमा गहिरोे चोट लागेको, आँखा समेत फुटेको पोष्टमार्टम रिपोर्टले देखाएको छ । उनको घाँटी र अन्य भागमा समेत चोट देखिएको प्रहरीले जनाएको छ । सुस्मिताको शव भान्छाकोठामै भित्रबाट चुकुल लगाएको अवस्थामा रहेको थियो । – अनलाइन खवरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*