भारतमा कोरोनाको औषधि उत्पादन सुरू, प्रयोगका लागि अनुमति

तामसालिङ खबर
९ असार २०७७, मंगलवार १३:५३

असार, काठमाडाैं – भारतमा कोरोना भाइरस रोग (कोभिड १९) का बिरामीका लागि औषधि उत्पादन सुरू हुने भएको छ । ग्लेनमार्क फर्मास्यूटिकल्स कम्पनीले इन्फ्लुएन्जाका बिरामीलाई प्रयोग हुँदै आएको फाभिपिराभिर औषधिलाई फाबीफ्लूको ब्राण्डमा उत्पादन गर्ने घोषणा गरेको छ ।

यो औषधि सामान्य र मध्यम लक्षण भएका संक्रमितलाई प्रयोग गरिनेछ । यो ट्याब्लेट औषधि हो र फाबीफ्लू कोरोना उपचारका लागि भारतको पहिलो एन्टीभाइरल औषधि रहेको कम्पनीको भनाइ छ ।

भारतमा कोरोना उपचारका लागि यो महत्वपुर्ण कदम रहेको र ग्लेनमार्कले यसको नेतृत्व लिने मध्यपूर्वि तथा अफ्रिकाका कम्पनी अध्यक्ष सुजेस वासुदेभानले भिडियो कन्फ्ररेन्स मार्फत जानकारी दिनुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा ८० प्रतिशत संक्रमित सामान्य र मध्यम लक्षणका छन् ।

यो औषधि प्रयोगका लागि भारतीय औषधि नियामक संस्थाबाट अनुमति प्राप्त भएको कम्पनीले जनाएको छ । यस्तै हेटेरो र सिप्लाले पनि अनुमति प्रदान गरेको समाचार संस्था पिटिआईलाई उद्रत गर्दै भारतीय सञ्चारमाध्यमहरुमा समाचार छ ।

पहिलो चरणमा ७ देखि १० दिनलाई पुग्ने औषधि उत्पादन गर्ने कम्पनीले जनाएको छ । प्रति ट्याब्लेट १०३ भारु पर्नेछ । हालै भारतका ११ वटा राज्यका १५० जना कोरोनाका बिरामीलाई यस औषधिको परीक्षण गराइएको छ । कम्पनीका अनुसार यो औषधि मधुमेह र मुटुका समस्या भएका संक्रमितले पनि प्रयोग गर्न मिल्नेछ ।

फाबीफ्लू यो औषधि घरमा नै बसेर पनि प्रयोग गर्न मिल्नेछ तर चिकित्सकको प्रिस्क्राइव बिना औषधि किन्न भने पाइनेछैन । फाभीपिराभीर औषधि जापानमा सन् २०१४ देखि रि–इमरजिङ इन्फ्लुएन्जाको उपचारमा प्रयोग हुँदै आएको छ ।

रसिया र चीनमा पनि यो ओषधिको प्रयोग हुँदै आएको छ । केही दिनयता भारतमा गिलियड साइन्सको रेम्डििसिभर औषधि प्रयोग पनि भइरहेको छ जुन गम्भिर प्रकृतिका बिरामीका लागि प्रयोग हुँदै आएको छ ।

भारतमा एकैदिन १५ हजार ४१३ संक्रमित थपिएका छन् । यो संगै त्यहाँ कोरोना संक्रमितको संख्या ४ लाख १० हजार ४६१ पुगेको छ भने हालसम्म १३ हजार ६९९ को मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*