नेपालमा थप ५ सय ३५ जना संक्रमित भेटिए

तामसालिङ खबर
८ असार २०७७, सोमबार १७:२५

असार, काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५ सय ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ९ हजार ५ सय ६१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक मुलुकको सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पाल्पामा ९० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, कैलालीका ५८ जना, गुल्मीका ५५, सर्लाहीका ४७, रौतहटका ३४, स्याङ्जाका ३३, प्युठानका ३०, सिराहाका २३, नवलपुरका १६, डडेलधुरा र सप्तरीका १५÷१५ जना, बैतडीका १४, दाङका १३, मोरङ र रुपन्देहीका १२/१२ जना, तनहुँका ११ र धनुषाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीका ९ जना, नवलपुरका ८, डोटीका ७, नवलपरासी र चितवनका ५/५ जना, झापाका ३, अछाम र सिन्धुपाल्चोकका २/२ जना, महोत्तरी, गुल्मी, जाजरकोट र ओखलढुंगाका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म सक्रमितहरु मध्ये २३ जनाको मृत्यु भएको छ भने २ हजार १ सय ४२ जना निको भएर घर फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*