ओखलढुंगामा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टी

तामसालिङ खबर
८ असार २०७७, सोमबार १३:३७

असार, ओखलढुङ्गा – ओखलढुङ्गामा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । लिखु गाउँपपालिकाका एक जनामा पहिलोपटक कोरोना पोजेटिभ देखिएको हो ।

भारतबाट लिखु गाउँपालिकामा आएका २८ वर्षीय युवामा कोरोना पुष्टि भएको हो । पीसीआर परीक्षण गर्दा ती युवाको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिए ।

पीसीआर रिपोर्ट आएका ६ मध्ये एकजनाको पोजेटिभ रिपोर्ट आएको हो । यसअघि ओखलढुङ्गा जिल्लाका कसैलाई कोरोना संक्रमण देखिएको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*