लाइडर प्रविधिबाट प्रारम्भिक चरणका काम प्रारम्भ

रासस
७ असार २०७७, आईतवार १७:४७

काठमाडौं – भौगोलिक सूचना उत्पादनको क्षेत्रमा विकसित नवीनतम लाइडर प्रविधि अवलम्बन गरी भौगोलिक सूचना उत्पादनका प्रारम्भिक चरणका काम प्रारम्भ भएका छन् ।

बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक प्रकोप घटाउन तथा पूर्वानुमानका साथै विकास–निर्माणका गतिविधि सञ्चालन गर्न अति उपयोगी हुने भौगोलिक सूचना उत्पादन नेपालको पूर्वी दक्षिण भूभागबाट थालिएको छ ।

पहिलो चरणमा चितवनदेखि कञ्चनपुरसम्मको क्षेत्रलाई समेटेर काम थालिएको नापी विभागले जनाएको छ । जापान सरकारको रु एक अर्ब ३२ करोड अनुदान सहयोगमा आगामी तीन वर्षभित्र भौगोलिक सूचना उत्पादनसम्बन्धी काम पूरा गर्ने लक्ष्यका साथ विभागले डेभलपमेन्ट अफ डिजिटल एलिभेशन एन्ड अर्थोफोटो परियोजनालाई अघि बढाएको छ ।

भौगोलिक सूचना उत्पादनको क्षेत्रमा विकसित सो प्रविधिको प्रयोगबाट अग्रिम सूचना प्रणाली स्थापना भई प्राकृतिक प्रकोप रोकथाममा सहयोग पुग्ने   छ । नेपालले लाइडर प्रविधिको प्रयोग पहिलोपटक गर्न लागेको हो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*