प्रकाश तामाङको ‘क्याम्साङ गैरिला’ सेलो गीत रिलिज (भिडियो)

तामसालिङ खबर
७ असार २०७७, आईतवार १७:२१

असार, हेटौडा – गायक तथा संगीतकार प्रकाश तामाङ र गायिका जितु लोप्चनको स्वरमा रहेको ‘क्याम्साङ गैरीला नक्कली’ भन्ने बोल गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा प्रकाश र जितुको प्रस्तुती देख्न सकिने छ । उक्त गीतमा शब्द र संगित प्रकाश तामाङ्गकै रहेको छ भने एरेन्ज फनिन्द्र राई र मिक्सिङ्ग दिपेश प्रधानले गरेको छ ।

गायक तामाङ्ले आफ्नो फेसबुक स्टाटस मार्फत यस्तो भनेका छन् ‘ तपाईंहरुले टिक-टक भिडियो बनाइ धेरै माया दिनु भएको र पूरा गित सुन्ने चाहाना गर्नु भएकोले, अहिले कोरोनाको संकटमा हामिले अफिसियल भिडियो ल्याउने चाहाना हुँदा हुँदै ल्याउने सम्भावना थिएन त्यसैले परिस्थिति लाई ध्यानमा राखी तपाईंहरुको मागलाई हामी गायक गायिकाले कभर गरि लिई आएका छौ ।’

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*