कोरोना विश्वभर घातक अवस्थामा पुगेको डब्ल्युएचओको चेतावनी

तामसालिङ खबर
६ असार २०७७, शनिबार १६:४३

असार, काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको संक्रमण विश्वभर नै घातक अवस्थामा पुगेको चेतावनी दिएको छ । विश्वभर एकै दिन शनिवार अहिलेसम्मकै सर्वाधिक १ लाख ८१ हजारभन्दा बढीमा संक्रमण देखिएपछि डब्ल्युएचओले यस्तो चेतावनी दिएको हो ।

संसारका विभिन्न देशमा कोरोना संक्रमणको अलग-अलग चरण चलिरहेको भन्दै डब्ल्युएचओले भाइरस संक्रमणको गति र संक्रमणको स्तर घातक अवस्थामा पुगेको चेतावनी दिएको हो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानमले अहिले कोरोना संक्रमण फैलिँदो क्रममा रहेको र खतरनाक बनेको बताएका छन् ।

उनले कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेकाले संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन् । लकडाउन बढ्दै जादा आर्थिक अवस्था तहसनहस भएको भन्दै कयौं मुलुकहरूले लकडाउन खुकुलो बनाएको तथा हटाइसकेकाले जोखिम अझ बढेको डब्ल्युएचओको ठहर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*