संसद तामाङद्धारा टोखा छहरे सडकखण्डको अनुगमन

तामसालिङ खबर
३२ जेष्ठ २०७७, आईतवार १६:४२

असार, नुवाकोट – प्रत्येक बर्षको बर्षातको समयमा सामाजिक सञ्जालमा चर्चा भैरहने टोखा छहरे सडकखण्डको हाल भैरहेको निर्माण कार्यको संघिय संसद हितबहादुर तामाङले अनुगमन गर्नुभएको छ । संघिय सांसद तामाङले आफ्नो पहलमा बिनियोजन भएको योजनाको अनुगमन गर्नुभएको हो ।

शिवपुरी गाँउपालिकाको गुर्जेभञ्ज्याङदेखि काफलडाँडाको सितलपाटि सम्मको सडक स्तरउन्नतीको लागी बिनियोजन भएको योजनाको अनुगमन गरिएको हो । उक्त योजनाको लागी सांसद तामाङले आफ्नो पहलमा सडक बोर्डको सडक विकास कार्यक्रमबाट १० करोड रुपैयाँ बिनियोजन गर्नुभएको थियो । आफ्नो पहलमा कार्यान्वयनमा रहेको योजनाको गुणस्तर ठिकै रहेको उहाँले प्रतिक्रिया दिनु भएको छ ।

सडकको अनुगमन गर्न सघिय सांसदसँगै सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख, स्थानिय तहका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । राजनितिक रुपमा पनि निकै चर्चा र परिचर्चा कमाएको टोखा छहरे सडकखण्डको हाल भैरहेको निर्माणकार्यले केहि सहजता भएको नागरिकहरुको भनाई रहेको छ ।

निर्माण कार्य सम्पन्न भै नसकेको र यसबर्ष बर्षात पनि चाँडै सुरु भएकाले केहि असहजता भएपनि बजेटको स्वरुप अनुशारको निर्माण कार्य चित्तबुझ्दो रहेको सांसद तामाङले अनुगमनको क्रममा बताउनुभएको छ ।

टोखा छहरे सडकखण्डले काठमाडौ संग आवतजावतमा सहज बनाएपनि बालाजु ककनी त्रिशुली सडकखण्डको निर्माण कार्यबाट भने बिगत ३ बर्षदेखी नुवाकोट र रसुवाका नागरिकहरुले हैरानी व्यहोर्न बाध्य भएका छन् । – नुवाकोट न्युज डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*