टेलिकमले ल्यायो ७ दिनसम्मको अफर

तामसालिङ खबर
३ असार २०७७, बुधबार ०९:०८

असार ३, काठमाडौं – नेपाल टेलिकमले कोरोना भाइरस (कोभिड–१९) महामारीलाई लक्षित गरी फेरि विभिन्न सहुलियत योजना (अफर) ल्याएको छ । टेलिकमले आफ्ना सेवामा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने निर्णय गरेको छ । टेलिकमले मंगलबार विज्ञप्ति जारी गरी सेवा प्रयोग गरे वापत तिर्नुपर्ने महसुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि यस्ता महसुलमा नियमानुसार विलम्ब शुल्क लागू हुने जनाएको हो ।

जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुटलाई निरन्तरता नदिइने हुनाले असार १ गतेबाट ती सेवाको प्रयोगमा नियमित शुल्क लागू गरिएको छ । भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै रहने छ ।

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच २०७४ वैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौताअनुसार भूकम्प प्रभावित ४ जिल्ला नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७६० स्थानमा कम्पनीले दुई वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क जडान तथा मर्मत सुविधा प्रदान गरेको थियो ।

ती स्थानलाई नेपाल सरकारले कोभिड–१९ सँग सम्बन्धित क्वारेन्टाइन स्थल बनाएकाले प्राधिकरणको अनुरोधमा उक्त स्थानहरुमा २०७६ चैत २३ गतेदेखि दुई महिना समयावधि राखी सेवा पुनः सञ्चालन गरिएकामा जेठ ३० गतेदेखि लागू हुने गरी पुनः दुई महिना निस्शुल्क सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।

कम्पनीले एफटीटीएच सेवाको मर्मतसम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेबाट शुरु गरेको छ । एउटै लाइनबाट फोन, डाटा र टीभी सेवासमेत उपलब्ध गराउन सकिने एफटीटीएच सेवाको मर्मतसम्बन्धी सिकायतका लागि १९८ मा डायल गरेपछि विभिन्न विकल्पमध्ये ४ नम्बर थिची बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिधै अप्रेटरलाई गुनासो टिपाउन सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*