असार १० गतेदेखि एनआईसी एशिया लघुवित्तको आइपिओ खुला हुने

तामसालिङ खबर
२ असार २०७७, मंगलवार १४:५६

असार २, काठमाडौँ – एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ ।

संस्थाले सर्वसाधारणको लागि ४७ लाख ५५ हजार कित्ता आइपिओ निष्काशन गर्नेछ । उक्त शेयरमध्ये ७४ हजार कित्ता कर्मचारीहरुको लागि र २ लाख ३७ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सर्वसाधारणले पाउने छन् ।

संस्थाले छिटोमा असार १४ गतेसम्म बिक्री खुला गर्ने छ । यदि पहिलो चरणमा बिक्री नभए असार २४ गतेसम्म बिक्री खुला गर्नेछ । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम दुई लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने छन् ।

प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार संस्थाले प्राथमिक शेयर निष्काशन गर्न मिल्ने ‘केयर एनपी आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ ।

प्राथमिक शेयर निष्काशनपछि संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ । जसमा संस्थापकको हिस्सा ६७.८७ प्रतिशत र सर्वसाधारणको हिस्सा ३२.१३ प्रतिशत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*