विश्वमा ८१ लाख नाघ्याे, कोरोना सङ्क्रमित

तामसालिङ खबर
२ असार २०७७, मंगलवार १०:४३

असार २ एजेन्सी – विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमित संख्या ८१ लाख नाघेको पुष्टी भएको छ । विश्वका विभिन्न देशमा गरी ८१ लाख १३ हजार ६ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ४२ लाख १३ हजार ६ सय ३ जना निको भएका वर्ल्डओमिटरले जनाएको छ ।

त्यस्तै, ४ लाख ३९ हजार ८५ जनाको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । यसैबीच भारतमा लकडाउन खुकुलो भए सँगै कोरोना सङ्क्रमित र ज्यान गुमाउनेको संख्या झण्डै दोब्बरले बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

गएको जेठ १९ गते देखि खुकुलो पारिएको लकडाउनका कारण १५ दिनमै कोरोना सङ्क्रमितको संख्या झण्डै दोब्बरले बढेको छ । जेठ १८ गतेसम्ममा १ लाख ८२ हजारमा कोरोना पुष्टि भएकोमा १५ दिनमा बढेर आज सङ्क्रमितको संख्या ३ लाख ४३ हजार नाघेको छ ।

लकडाउन खुकुलो भएपछि दिल्ली र मुम्बईमा धेरै असर परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सङ्क्रमितका हिसाबले भारत अमेरिका, ब्राजिल र रुस भन्दापछि चौथो स्थानमा छ । कोरोना सङ्क्रमित र ज्यान गुमाउनेको संख्या बढेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अब के गर्ने भन्ने बारेमा निर्णय गर्न आज सबै राज्यका मुख्यमन्त्रीसँग छलफल गर्दै हुनुहुन्छ ।

यसैबीच चीनको राजधानी बेइजिङमा कोरोना सङ्क्रमित बढेसँगै स्कुल सँगै खेल र मनोरन्जन केन्द्रहरु फेरि बन्द गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*