बागमती प्रदेशले दुग्ध किसानलाई प्रतिलिटर २ रुपैँया अनुदान दिइने

तामसालिङ खबर
२ असार २०७७, मंगलवार ०८:११

असार २, हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश भित्रका दुग्ध किसानको लागि प्रतिलिटर २ रुपैँया अनुदान दिने भएको छ ।

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सोमबार आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।

सरकारले चालु आर्थिक वर्षमा प्रतिलिटर १ रुपैँया दिने गरेकोमा सो अनुदानमा सत-प्रतिशत बृद्धि गरि २ रुपैँया पुर्याएको छ भने सो कार्यक्रमको लागि १६ करोड बजेट विनियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*