सुदूरपश्चिम प्रदेशको ३३ अर्ब ३८ करोडको बजेट

तामसालिङ खबर
१ असार २०७७, सोमबार १९:०३

असार १, धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट प्रस्तुत गरेका हुन्।

चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा तीन अर्ब बढी बजेट विनियोजन गरेको छ । बजेट वक्तव्यमार्फत् आर्थिक मामिला तथा योजनामन्त्री बोहराले स्वास्थ्य क्षेत्रमा तीन अर्ब २६ करोड ६६ लाख बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री बोहराले आगामी आर्थिक वर्षमा ९ वटै जिल्लाका लागि एक अर्ब ४१ करोड सिँचाइ योजनामा खर्चिने जानकारी दिएका छन् । सडक निर्माण आयोजनाका लागि समेत सुदूरपश्चिम प्रदेश सरकारले पौने पाँच अर्ब बजेट विनियोजन गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*