चिजा लामाको ‘युके लन्डन’ (भिडियो)

तामसालिङ खबर
२ असार २०७७, मंगलवार ०७:३०

असार, काठमाडौं – मेन्दोमाया गायक चिजा लामाको नयाँ तामाङ मेन्दोमाया गीत ‘युके लन्डन’ सार्बजानिक भएको छ । गायक लामाकै शब्द संकलनमा बनेको तामाङ गीतमा लोकगायिका मनमाया वाइबाको समेत आवाज रहेको छ ।

लामाले थुप्रै मेन्दोमाया गीतहरु बजारमा ल्याइसकेका छन् । मेन्दोमाया तामाङ गीतहरुमा योगदानको आधारमा उनले थुप्रै आवार्ड हात पारेका छन् । दुई दर्जन भन्दा बढी गीतहरुमा आफ्नै स्वर संगीत भरिसकेका लामाले कतार मलेसिया सम्मको सांंगीतिक यात्रा गरिसकेका छन् ।

लामाको ए मैच्याङ, पन्चेबाजा, गोङ्की दोङ्बो याङ्जी होई, ले ले पोच्चोरी, च्याङ्बा माया, जस्ता थुप्रै म्युजिक भिडियोहरु बजारमा आइसकेका छन् ।

अडियो भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*