नेपालमा थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टी

तामसालिङ खबर
३१ जेष्ठ २०७७, शनिबार १६:४९

जेठ ३१, काठमाण्डौ – नेपालमा शनिबार थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बितेको २४ घण्टामा थप ३३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमतिमा २४७ जना पुरुष र २६ जना महिला रहेका छन् ।

त्यस्तै कोरोनाको संक्रमणबाट थप दुइ जनाको मृत्यु भएको छ । बाराको निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको उनमा कोरोना पुष्टी भएकाे छ ।

पर्सामा जेठ २८ गते मृत भेटिएका पुरुषमा पनि कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको पोस्टमार्टमका क्रममा उनको स्वाब संकलन गरि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । बितेको २४ घण्टामा ३६ जना संक्रमित निको भए संगै निको हुनेको संख्या ९१३ पुगेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*