नेपालमा ९ सय भन्दाबढी कोरोना संक्रमित निको भै घर फर्किए

तामसालिङ खबर
३१ जेष्ठ २०७७, शनिबार १८:३४

जेठ ३१, हेटौंडा – नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई जितेर थप ३६ जना घर फर्किएका छन् ।

यो संगै कोरोनाको संक्रमणबाट निको हुनेको संख्या ९ सय १३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ३६ पुरुष अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*