नेपालको नयाँ नक्सालाई निशान छापमा राख्न संसदमा मतदान हुदै

तामसालिङ खबर
३१ जेष्ठ २०७७, शनिबार १०:४३

जेठ ३१, काठमाण्डौ – नेपालको नयाँ नक्सालाई निशान छापमा राख्न ल्याइएका संविधान संशोधन विधेयकमाथि प्रतिनिधिसभामा आज मतदान हुदैछ । जेठ ९ गते दर्ता भएको नेपालको संविधान दोस्रो सशोधन विधेयकमा हिजोसम्म संशोधन दर्ताको समय थियो ।

संशोधनको अवधि सकिएलगत्तै पारित गर्ने प्रक्रिया अघि बढाइएको हो । संघीय संसद सचिवालयको आज १ बजे बस्ने बैठकमा विधेयकको दफावार छलफल र पारित नै गर्ने गरी सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ ।

विधेयकमा दफाबार छलफलपछि पारित गर्ने प्रक्रिया अघि बढ्नेछ । हस्ताक्षरसहितको मत विभाजन प्रक्रियाबाट संविधान संशोधन विधेयक पारित हुने छ । संंसदमा प्रतिनिधित्व गर्ने सबै दल संशोधन विधेयकको पक्षमा छन् ।

जेठ २७ गतेको प्रतिनिधिसभा बैठकमा भएको सैद्धान्तिक छलफलमा सबै दलहरुले विधेयकको पक्षमा मतदान गर्ने प्रतिबद्धता सहित अतिक्रमण गरेको भूमि फिता गर्न भारतलाई आग्रह गरेका थिए ।

भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, कालापानी र लिपुलेक समेतको क्षेत्र समेटेर सरकारले अद्यावधिक प्रशासनिक र राजनीतिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*