कोरोनाबाट विश्वभर ३७ लाख ७८ हजार भन्दाबढी निको

तामसालिङ खबर
२९ जेष्ठ २०७७, बिहीबार ११:२५

जेठ २९, हेटौडा – विश्वभर ३७ लाख ७८ हजार भन्दाबढी कोरोना संक्रमित उपचार पछि निको भएका छन् । ७४ लाख ५८ हजार ६ सय ४६ जनामा कोरोनाको सङ्क्रमण पुष्टी भएको मध्ये ३७ लाख ७८ हजार १ सय ६० जना निको भै घर फर्केका छ ।

वर्ल्डओमिटरको तथ्यांक अनुसार ४ लाख १९ हजार भन्दाबढी मृत्यु भईसकेको छ । सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा २० लाख ६६ हजार बढीमा सङ्क्रमण देखिएको छ भने १ लाख १५ हजार १ सय ३० जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ८ लाख ८ हजार भन्दा बढी निको भएका छन् ।

अमेरिकापछि ब्राजिलमा सङ्क्रमण तिव्र गतीमा बढिरहेको छ । ७ लाख ७५ हजार भन्दा बढीमा सङ्क्रमण भएकोमा ३९ हजार ७ सय भन्दाबढी मृत्यु भएको ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*