चितवनमा एक कोरोना संक्रमितको मृत्यु

तामसालिङ खबर
२७ जेष्ठ २०७७, मंगलवार ११:३३

जेठ २७, चितवन – चितवनको भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा उपचारत भरतपुर महानगरपालिका वडा नं.११ का ६८ वर्षीय वृद्धको मृत्यु भएको हो ।

नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका उनको मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ । मुट र निमोनियाको समस्यासमेत रहेका ती वृद्धलाई सोमबार मात्र कोरोना संक्रमणको पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*