२८ जना कोरोना संक्रमितको उपचारपछि डिस्चार्ज

तामसालिङ खबर
२७ जेष्ठ २०७७, मंगलवार ११:२८

जेठ २७, विराटनगर – प्रदेश १ को धरानबाट २८ जना कोरोना संक्रमितको उपचारपछि डिस्चार्ज भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेशनमा भर्ना भएका २८ जना संक्रमितको उपचारपछि डिस्चार्ज भएका हुन् ।

आज डिस्चार्ज हुने १८ देखि ५६ वर्ष उमेर समूहका २८ जना नै झापाका पुरुषहरु हुन् । यो संगै धरानबाट डिस्चार्ज हुनेको संख्या ६१ पुगेको छ । प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या १५१ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*