अपडेट – कोरोनाबाट विश्वभर चार लाखभन्दा बढी व्यक्तिको मृत्यु

तामसालिङ खबर
२७ जेष्ठ २०७७, मंगलवार ०८:००

जेठ २६, हेटौडा – विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणबाट मंगलबार बिहानसम्म विश्वभर चार लाखभन्दा बढीको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै भन्दा बढी संयुक्त राज्य अमेरिकामा १ लाख १३ हजार ५५ जना व्यक्तिको मृत्यु भएको छ भने २० लाख २६ हजार ४ सय ९३ जना सङ्क्रमित रहेका छन् ।

वल्ड मिटर्सको तथ्यांक अनुसार हालसम्म ७१ लाख ९३ हजार ४ सय ७६ जना सङ्क्रमित भएका छन् ३५ लाख ३५ हजार ५ सय ५४ जना निको भएर घर फर्केका छन् ।

त्यस्तै, कोरोनाको संक्रमणबढेको दोस्रो देश ब्राजिल रहेको छ । ब्राजिलमा ७ लाख १० हजार ८ सय ८७ जना संक्रमितहरु रहेका छन् । ब्राजिलमा मंगलबार बिहानसम्म ३७ हजार ३ सय १२ जना मृत्यु भैसकेको छ ।

त्यसैगरी रूसमा ४ लाख ७६ हजार ६ सय ५८ जना, स्पेनमा २ लाख ८८ हजार ७ सय ९७ जना, र बेलायतमा २ लाख ८७ हजार ३ सय ९९ जना व्यक्ति सङ्क्रमित भएका छन् । बेलायतमा कोरोनाबाट ४० हजार ५ सय ९७ जना व्यक्तिको मृत्यु भएको छ । अहिलेसम्म धेरै सङ्क्रमित व्यक्तिको मृत्यु हुने मुलुक बेलायत भएको छ ।

रूसमा सङ्क्रमितको सङ्ख्या धेरै देखिए पनि मृत्यु दर अन्य ठूला देशको तुलनामा निकै कम देखिएको छ अर्थात् ५ हजार ९ सय ७१ जना व्यक्तिको मृत्यु भएको छ ।

त्यस्तै, संक्रमित व्यक्तिको सङ्ख्याका आधारमा भारत बढी प्रभावित मुलुक इटाली र स्पेनभन्दा अघि आएको छ । भारतमा मंगलबारसम्म २ लाख ६५ हजार ९ सय २८ जना व्यक्तिमा संक्रमण पुष्टी भएको छ भने ७ हजार ४ सय ७३ जना मृत्यु भएको छ । कोरोनाभाइरस प्रभावित मुलुकहरूको सूचीमा भारत पाँचौँ स्थानमा पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*