हेटौंडामा होल्डिङ सेन्टर सञ्चालन गर्ने तयारी

तामसालिङ खबर
२७ जेष्ठ २०७७, मंगलवार ०५:५१

जेठ, हेटौडा – जिल्ला समन्वय समिति मकवानपुरले हेटौंडामा होल्डिङ सेन्टर सञ्चालन गर्ने भएको छ । जिसस आईतबार बसेको स्थानिय तह समन्वय बैठकले जिल्लामा बाहिरबाट आउने मकवानपुरका नागरिकलाई बढीमा एक दिन सम्म राख्न मिल्ने गरि ५० बेडको सेन्टर सञ्चालन गर्ने निर्णय गरेको  हो ।

जिसस प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा जिल्लाका सबै स्थानिय तहका प्रमुख/उपप्रमुख सहितको बैठकले भारत लगायत वैदेशिक रोजगारीबाट जिल्लामा आउने क्रम बढेपछि स्थानिय तहको सहकार्यमा होल्डिङ सेन्टर सञ्चालन गर्ने निर्णय गरेको हो ।

वैदेशिक रोजगारीबाट फकर्नेहरुलाई सम्बन्धीत स्थानीय तहहरुले लान व्यवस्थापन गर्नु अघि बढीमा एक दिनसम्म राख्न स्थानिय तहसंगको सहयोग र सहकार्यमा जिससले व्यवस्थापन गर्ने गरि ५० बेड सम्मको होल्डिङ सेन्टर सञ्चालन हुने उहाँले बताउनुभयो ।

होल्डिङ सेन्टर संचालनका लागि हरेक स्थानिय तहहरुले २ लाख रुपैयाका दरले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले सबै स्थानीय तहहरुमा भएका क्वारेन्टाईनलाई व्यवस्थित गर्दै लाने तथा विदेशबाट आफ्नो घर फर्किएका व्यक्तिहरुलाई दुव्र्यवहार तथा अपमान नगर्न साथै आफ्नो घर, ठाउँमा फर्किने प्रति सकारात्मक धारणा, सभ्य व्यवहार र सकारात्मक सोँच राखि सहयोग गर्न जनचेताना फैलाउने र त्यस्तो अपमानजन्य व्यवहार नगर्न सबैमा आव्हान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*