बागमती प्रदेशमा फौजी किराबाट मकै जोगाउन मुस्किल

तामसालिङ खबर
२५ जेष्ठ २०७७, आईतवार ०६:५७

जेठ, हेटौंडा – मकैमा अमेरिकी फौजी किराको प्रकोप बढेपछि किसान चिन्तित भएका छन् । गोड्ने भएका मकैमा फौजी किराले आक्रमण गरेपछि बाली उत्पादनमा ह्रास हुने चिन्ता बढेको छ । किराले गुबो खाइदिएपछि बोट बढ्न नपाएको किसानको गुनासो छ ।

फौजी किराको प्रकोप वढेपछी हेटौंडामा बिषाधीको प्रयोगलाई व्यापक वनाइएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । हेटौंडामा पछी थपीएका वडामा फौजी किराले अहिले लह-लह भएर आएको मकैलाई सखाप पार्ने भएपछी बिषाधीको प्रयोगलाई व्यापक वनाइएको मेयर महतले वताउनुभयो । हेटौंडा ३, ६, ७, ८, १५, १६, १७, १८ र १९ जम्बर वडामा फौजी किराको नियन्त्रणका कृषि प्राविकधिकको निरीक्षक सहित औषधी छर्कने कामलाई तिव्रता दिइएको उहाँले वताउनुभयो ।

किसाजले लगाएको मकैका प्रत्येक बोटभित्र किरा छन् । गुबो र पात खाइदिएका छन्,’ हेटौंडा १६ का किसान श्याम सापकोटाले भन्नुभयो– बोटहरू बढ्ने अवस्थामा छैनन् । गोड्ने भएका मकै हेर्नलायक छैनन् । किराले सबै सखाप पारिसक्यो ।’ सबैतिर फैलिएकाले किरा नियन्त्रणमा समस्या भएको किसानले बताएका छन् । किरा यसरी फैलियो भने त अहिले मकै खान पाइएला जस्तो छैन,’ किसानले दुखेसो पोखेका छन् ।

अमेरिकन फौजी किरा मकवानपुर सहितका बागमती प्रदेशका काठमाण्डौ उपत्यका भन्दा बाहेकका जिल्लामा देखा परेको छ । सबैतिर प्रकोपका रूपमा देखिएको छ । यो आयातित अमेरिकी फौजी किरा भएको हो । केही वर्ष भारतमा देखिएको र गत वर्ष नेपालमा छ भन्ने पुष्टि भएको छ । यसले मकैलाई जतिबेला पनि क्षति पुर्‍याउन सक्छ । तर पनि मकै तीन, चार पाते हुँदा र धानचवँर हुने बेला बढी सताउने गरेको कृषि प्राविधिकहरु वताउँछन् । किराको प्रकोप बढेपछि स्थानीय तहले पनि औषधि वितरणमा सहुलियत दिइरहेको छ । औषधि प्रयोग भएका ठाउँमा कीरा मर्न पनि थालेको छ ।

उपमहानगरपालिका कार्यालयमार्फत विषादी र स्प्रेयर वितरण भइरहेको मेयर महतले वताउनुभयो । हेटौंडाका किसानका खेत र बारमीमा फौजी किरा लाग्दा अनिकालको समस्या देखिने भएको छ । भिटामिन र रासायनिक विषादी ल्याए पनि त्यसले काम गरेन । विषादीको गन्ध छउन्जेल हराएजस्तो गर्ने र गन्ध हट्नासाथ किरा उही संख्यामा फेरि बोटमै आउने जस्ता समस्या रहेको किसानहरु वताउँछन् । भर्खरै पलाएको बीउको मुन्टो खाइदिएकाले उक्त बीउ रोप्नलायक नरहने किसानको गुनासो छ ।

मकैका गुबा नै लाग्न नपाई सिजन सकिएको उनीहरूको गुनासो छ । विज्ञका अनुसार ढुवानीका साधनमा आएको हुन सक्ने वा समूहगत नै उडेर आएको हुन सक्छ । धानको बीउ नास हुने डरलाई कम गर्न किसानले लामखुट्टे रोक्ने झुललाई प्रयोग गरी बीउ केही हदसम्म जोगाउन सकीन्छ ।

मकवानपुर गढी, मनहरी, थाहा नगरपालिका, बागमती गाउँपालिकामा प्रकोपका रुपमा देखा परेको किसानहरु वताउँछन् । फौजी कीराका कारण गाउँमा खाद्यान्न संकटनै सृजना हुन सक्ने किसानको अनुमान छ ।

थोरै खेतबारी भएका किसानलाई झनै समस्या हुने उनीहरुको तर्क छ । अमेरीकन फौजी कीरा देखा परेकाले यसको नियन्त्रणका लागि प्रयासरत रहेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती वताउनुहुन्छ । यसैगरी मकवानपुर गढी गाउँपालिकामा पनि वडा स्तरबाटनै यसको नियन्त्रणका लागि लागि परेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईं वताउनुहुन्छ ।

अमेरिकन फौजी किरा थोरै समयमा धेरै स्थानमा फैलिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक रविन्द्र बहादुर प्रधानले वताउनुभयो । यसको नियन्त्रणका लागि कृषि प्राविधिक सहितलाई राखेर कार्यालयले गोष्ठीहरु पनि गरेको वताउनुभयो । फौजी कीराको नियन्त्रणका लागि किसानलाई विसादी दिने समयमै विषादीको प्रयोग गर्न लगाउने काम पनि गरिएको प्रधानले वताउनुभयो ।

यसका लागि किसानलाई उपकरण पनि दिइएको वताउनुभयो । किसानलाई अमेरीकन फौजी कीराको बारेमा सजिलैसंग जानकारी गराउनका लागि प्रचार प्रसारको काम भइरहेको निर्देशक प्रधानले वताउनुभयो । यसको नियन्त्रणका लागि कृषि विकास निर्देशनालय, जिल्ला स्तरमा रहेका कृषि ज्ञान केन्द्र मार्फत काम भइरहेको वताउनुभयो ।

अमेरीकन फौजी कीराले बागमती प्रदेशको १३ वटा जिल्ला मध्यमा हाल सम्म चार वटा जिल्लामा मात्र यो किरा देखा परेको कृषि प्राविधिकलाई जानकारीमा आएको छैन । काठमाण्डौ, ललितपुर, भक्तपुर र रसुवा जिल्ला बाहेकका अन्य नौ जिल्लामा भने अमेरीकन फौजी कीरा देखा परीसकेको र धेरै स्थानीय तहका किसान यो कीराको हैरानमा परेका छन् । गत वर्ष बागमती प्रदेशको ६ वटा जिल्लामा मात्र देखा परेपनि यो वर्ष भने नौ वटा जिल्लामा देखा परेको थियो । – जनपत्र डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*