प्रदेश २ को मन्त्रीका स्वकीय सचिव र चालकलाई कोरोना संक्रमण पुष्टी

तामसालिङ खबर
२५ जेष्ठ २०७७, आईतवार ०७:५३

जेठ २५, जनकपुर – नेपालमा पहिलोपटक मन्त्रीका स्वकीय सचिव र चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्राप्त जानकारी अनुसार प्रदेश २ को आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा कुमारी यादवका स्वकीय सचिव र चालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश २ का सांसद, कर्मचारी, सुरक्षाकर्मी र सहयोगीहरुको आइतबार, सोमबार र मंगलबार स्वाब संकलन गरिएको थियो ।

पीसीआर परीक्षण गर्दा राज्यमन्त्री यादवका स्वकीय सचिव र सबारि चालकमा कोरोना संक्रमणको पुष्टि भएको प्रदेश २ का एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*