नेपालमा २७८ जना सङ्क्रमित थपिए

तामसालिङ खबर
२३ जेष्ठ २०७७, शुक्रबार १७:१०

जेठ २३, काठमाडौं – नेपालमा शुक्रबार २ सय ७८ जना कोरोना भाइरसको संग्क्रमितहरु थपिएकाे छ । यो सँगै नेपालमा संक्रमितको सख्या २ हजार ९ सय १२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

त्यस्तै, आजै शुक्रबार मात्र ४३ जना थप डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ३३३ जना पुगेको छ । भने ११ जना संक्रमणबाट मृत्यु भैसकेको छ । कोरोना भाइरसबाट हालसम्म ६८ जिल्लामा सङ्क्रमण फैलिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*