यूएईमा रहेका नेपालीलाई आफ्नो विवरण पेश गर्न दूतावासको अनुरोध

तामसालिङ खबर
१९ जेष्ठ २०७७, सोमबार १०:३६

जेठ, यूएई – यूएईस्थित नेपाली दुतावासले युएईमा कार्यरत नेपालीलाई आफ्ना समस्या सहित विवरण पेश गर्न आग्रह गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिरहेको बेला यसको जोखिम नेपाली श्रमिकहरुलाई पनि परिरहेको भन्दै सबैको अवस्था थाहा पाउन अनलाइनमार्फत विवरण सङ्कलन गर्न लागिएको नेपाली दूतावासले जनाएको छ ।

दूतावासले मंगलबार साँझ सूचना निकालेर यसअघि दूतावासमा टेलिफोन गरेर टिपाएका समस्याहरु पनि व्यवस्थित रुपमा अभिलेख राख्ने र समस्या समाधानका लागि पहल गर्ने जनाएको छ । दूतावासको अधिकारिक वेवसाइटमार्फत वा https://ae.nepalembassy.gov.np/registration-form-for-nepali-nationals-in-the-uae/ लिंकमा गएर आवेदन भर्न सकिने छ । यो लिङ्क खोलेर आफ्ना विवरणहरु भरिसकेपछि आवेदनको अन्तिममा रहेको सबमिट बटनमा थिच्नुपर्नेछ ।

जतिसक्दो चाँडो आफ्नो विवरण भर्न पनि दूतावासले आग्रह गरेको छ । विवरणमा उपलब्ध गराएका सूचना गोप्य राखिने पनि दूतावासले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*