सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय

तामसालिङ खबर
१८ जेष्ठ २०७७, आईतवार ०७:४२

जेठ १७, काठमाडौँ – सरकारले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने पनि निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण बढी भएको स्थानमा पनि सेना परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोनाको जोखिम कम नभएको भन्दै भने – ‘जहाँ जुन क्षेत्रमा जोखिम छ, त्यहाँ कडाई गर्छौं । जहाँ जोमिख कम छ, त्यहाँ केही खुकुलो हुनसक्छ ।’ मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो, त्यसमा सीमा सुरक्षाबारे छलफल भएको थियो ।

सीमामा कडाई गर्न सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई अझ बढी परिचालन गर्ने निर्णय भएको छ । मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । सरकारले भारत तथा तेस्रो मुलुकमा रहेका २५ हजार नेपालीलाई ल्याउने निर्णय गरिसकेको छ भने भारतबाट आउनेका लागि २० वटा नाका तोकेको छ ।

शनिबारै बसेको सुरक्षाा परिषद्को बैठकले विदेशबाट आउने नेपालीको व्यवस्थापनमा र संक्रमण बढी फैलिएको स्थानमा सेना परिचालन गर्न सिफारिस गरेको थियो । पहिलो चरणमा २५ हजार नेपालीलाई भारतबाहेक तेस्रो मुलुकबाट ल्याउने निर्णय भएको छ ।

सनिबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३२ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ भने विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*