सुनिल गिरीको चर्चित गीत ‘को होला त्यो’ को रिमेक (भिडियो)

तामसालिङ खबर
१६ जेष्ठ २०७७, शुक्रबार १५:२३

जेठ १६, काठमाडौं – पछिल्लो समय नेपाली लोक पप बिधालाई थप उचाईमा पुर्याएका गायक हुन सुनिल गिरी । आफै गीत लेख्ने सुनिल आफै संगीत भर्छन् र कतिपय भिडियोमा अभिनय समेत गर्न भ्याउँछ्न ।

सुनिल गिरीको पहिलो गीत ‘को होला त्यो’ मार्फत डेब्यु गरेका नायक पल शाह अहिले चल्तिका नायक छन । ‘को होला त्यो’ हिट भए पछी सुनिलले सो गीतको भाग २ र ३ पनि निकाले ।

‘को होला त्यो’ का तीन वटै गीत र अर्को गीत ‘देउराली भञ्ज्याङ्’ का उत्कृष्ट शब्दहरूलाइ ’ब्लेण्ड’ गरि सुनिलले रिमेक गीत ‘देउराली भञ्ज्याङ् को होला त्यो’ सार्वजनिक गरेका छन् ।

दर्शक श्रोताले अधिक मन पराएका गीतहरूको संगालो बनाएर सार्वजनिक गरेको सुनिल बताउँछन् । गीतमा पल शाहसँगै कृस्टिना थापाले अभिनय गरेकी छन् ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*