रुकुम घटना – मृतक सबैको टाउकोमा चोट

तामसालिङ खबर
१६ जेष्ठ २०७७, शुक्रबार ०९:५८

जाजरकोट – रुकुमपश्चिमको चौरहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउकोमा चोट देखिएको छ । बिहीबार सम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो ।

स्थानीयले फेला पारेका सबैको शवका टाउकोमा चोट रहेको बताएका छन् । घटनामा बेपत्ता भएका थप एकजना बिहीबार मृत अवस्थामा फेला परेका    छन् ।

भेरी नगरपालिका–४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव घटनास्थलदेखि करिब ४० किलोमिटर जिल्लाको छेडागाड नगरपालिका १३ कालाभुर नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले बताए ।

खोजीमा संलग्न भेरी नगरपालिका ११ का मुक्ति आचार्यले शवको टाउको कुच्चिएको र अण्डकोष सुनिएको अवस्थामा फेला परेको बताए । भेरी नगरपालिका ११ का गोविन्द शाही अझै बेपत्ता छन् । समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेन्द्र कार्कीले लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*