नेपाल फिल्म क्षेत्र के–के विषय समेटिए बजेटमा ?
जेठ १६, काठमाडौं – सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७–०७८ को बजेटमा नेपाली फिल्म क्षेत्रले पनि प्राथमिकता पाएको छ । अर्थ मन्त्री डा युवराज खतिवडाले बिहीबार बजेट प्रस्तुत गर्दै साहित्यकार, कलाकार र संगीतकारको वृत्ति विकासका लागि कार्यक्रम संचालन गर्ने र त्यसका लागि आवश्यक बजेट वितरण गर्ने घोषणा गरेका छन् ।
यसैगरी नयाँ आर्थिक वर्षबाट नेपाली श्रमजीवी फिल्मकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, ‘छायांकनका लागि नेपाल’ अभियानको सुरुवात गर्ने, काठमाडौं उपत्यकामा अत्याधुनिक सुविधासम्पन्न स्टुडियो निर्माण गर्ने , मौलिक नेपाली फिल्म निर्माण गर्न प्रोत्साहित गर्ने, कलाकार संघको भवन निर्माण गर्न सहयोग र अनुदान दिने, नेपाली फिल्मको प्रवर्द्धन संरक्षणका लागि आवश्यक बजेट व्यवस्था गर्ने समेत अर्थमन्त्रीले बताएका छन् ।
बजेटमा हल संचालकहरुलाई विद्युतमा छुट, कर छुट, निश्चित सामाग्रीमा कर मिनाह, विशेष राहत प्याकेज र अनुदानलाई जोड दिने विषय समेत समेटिएको छ ।