कोरोना प्रभावित साना व्यवसायलाई पाँच प्रतिशत ब्याजदरमा कर्जा

तामसालिङ खबर
१५ जेष्ठ २०७७, बिहीबार १७:५१

जेठ १५, काठमाडौं – कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका क्रममा लागू गरिएको लकडाउन प्रभावितका लागि ल्याइएको तत्काल राहतको कार्यक्रमलाई संक्रमण जोखिम रहँदासम्मको लागि निरन्तरता दिइने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले बिहीबार आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्ने क्रममा उनले यस्तो राहतलाई निरन्तरता दिने बताएका हुन् । असंगठित क्षेत्रका कोरोना प्रभावित श्रमिकको लागि न्यूनतम ज्यालाको एक चौथाई खाद्यान्न राहतस्वरुप प्रदान गरिने छ ।

साना, घरेलु तथा पर्यटन व्यवसायका श्रमिकहरुको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन ५० अर्बको छुट्टै कोष निर्णय गर्ने निर्णय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*