स्वास्थ्यकर्मीको ५ लाखको निशुल्क बीमा

तामसालिङ खबर
१५ जेष्ठ २०७७, बिहीबार १७:०१

जेठ १५, काठमाडौं – आर्थिक वर्ष २०७७/७८ का लागि स्वास्थ्यमा बजेट सार्वजनिक भएको छ ।

सदनमा बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामि वर्षको बजेट कोरोना भाइरस लगायत संक्रामक रोगहरुबाट नागरिकलाई जोगाई गुणस्तरीय जीवन यापनमा केन्द्रित रहेको बताउनुभएको छ ।

कोरोना लगायत अन्य रोगबाट जोगाउन उल्लेख्य बजेट बृद्दि गरेको उहाँले बताउनुभयो । कोरोना भाइरस रोग रोकथामका लागि ६ अर्ब रकम बिनियोजन गरिएको छ ।

कोरोना भाइरस रोगको उपचारमा खटिने कर्मचारीलाई निशुल्क स्वास्थ्य बीमा गरिनेछ बजेट भाषणमा उल्लेख गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*