कोरोनाको संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु

तामसालिङ खबर
१४ जेष्ठ २०७७, बुधबार १९:५४

जेठ १४, काठमाडौं – ललितपुरमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुधबार उनको किस्ट अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलालले बताए ।

ललितपुर महानगर वडा २२ निवासी उनको बुधवार साँझ मृत्यु भएको थियो । मृत्यु भएपछि मात्रै उनको रिपोर्ट आएको गेलालले जनाए। यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

यद्यपि, कोरोनाका कारण मृत्यु भएको भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक घोषणा गर्न भने बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*