नयाँ प्रजिअ कुरुम्वाङ पुग्ने वित्तिकै, बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा जारी

तामसालिङ खबर
१४ जेष्ठ २०७७, बुधबार २२:०२

जेठ १४, नेपालगंज – बाँकेमा नयाँ प्रमुख जिल्ला अधिकारी आएकै दिनदेखि निषेधाज्ञा घोषणा भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेले एक विज्ञप्ती जारी गरी बाँके जिल्लामा अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सिडिओ रामबहादुर कुरुम्वाङ बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारीकोरुपमा हाजिर हुनु भएको हो । हाजिर भएकै दिन बुधवार साँझ सारोकारवाला निकायसंगको छलफल पश्चात बाँके जिल्लाभर निषेधाज्ञा जारी गरे मात्र कोरोना भाइरस कोभिड १९ नियन्त्रण सम्भव भएको भन्दै निषेधाज्ञा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

कोरोना भाइरसबाट बाँके जिल्लामा हालसम्म १ सय ५४ जनामा संक्रमित देखिएका छन् । संक्रमणबाट एक जनाको मृत्यु समेत भएको छ । संक्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रवद्र्धनात्मक कार्य गर्न जरुरी रहेको विज्ञप्तीमा उल्लेख छ ।

आदेशको उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाही गरिने विज्ञप्तीमा भनिएको छ ।

बिज्ञप्ती हेर्नुहोस् –

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*