नेपाल थप ११४ जनामा कोरोना, संक्रमित संख्या ८८६ पुग्यो

तामसालिङ खबर
१४ जेष्ठ २०७७, बुधबार १८:४८

जेठ १४, काठमाण्डौ – नेपालमा थप १ सय १४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ सय १४ जना संक्रमित बढे संगै नेपालमा संक्रमितको संख्या ८ सय ८६ पुगेको छ ।

मन्त्रालयको प्रवक्ता. डा. विकास देवकोटाको अनुसार संक्रमितहरुमा रौतहटमा ३६ जना, सप्तरीमा ११ जना, झापामा १७ जना, बारामा ८ जना, सिरहामा २ जना , दाङमा १५ जना, रुकुम पूर्वमा ३ जना, बागलुङमा ६ जना र मकवानपुरमा १ जना रहेका छन् ।

यो संख्या अहिलेसम्मकै उच्च हो । यस अघि मंगलबार एकै दिन ९० संक्रमित थपिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*