८ जना सिडिओको सरुवा

तामसालिङ खबर
१३ जेष्ठ २०७७, मंगलवार ०८:१३

जेठ १३, काठमाण्डौ – गृह मन्त्रालयले ८ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । मन्त्रीस्तरिय निर्णयअनुसार गृहले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई गृहमन्त्रालय सरुवा गरेको छ । त्यस्तै गृहका शंकरहरी आचार्यलाई जिप्रका सप्तरी सरुवा गरिएको छ ।

स्याङ्जाका सिडिओ रामबहादुर कुरुम्वाङलाई जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ । पर्वतमा कार्यारत कल्पना घिमिरे नेपाललाई चितवन सरुवा गरिएको छ । गृहमा कार्यरत शम्भु प्रसाद रेग्मीलाई पर्वत सरुवा गरिएको छ ।

दुर्गा बञ्जाडे जुम्लाबाट पाल्पा सरुवा भएकी छन् । गृहमै कार्यरत भुपेन्द्र थापा जुम्ला सरुवा भएका छन् । भने सुनिल खनाल सप्तरीबाट अध्यागमन विभाग सरुवा भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*