यसरी गर्न सकिन्छ, जिमेलबाटै भिडियो मिटिङ

तामसालिङ खबर
१३ जेष्ठ २०७७, मंगलवार ०७:४९

जेठ १३, हेटौडा – विश्व नै कोरोनाको समस्यामा परेको बेलामा अनलाईन भिडियो मिटिङ तथा अनलाईन कक्षा संचालनका लागि जुम लगायतका एपहरु निकै प्रभावकारी सावित भएका छन् । अब भने ईन्टरनेट दुनियाँको सफल कम्पनी गुगलले पनि जुमको जस्तै सुविधा प्रयोग कर्ताहरुलाई उपलब्ध गराएको छ ।

गुगल मिट नामक एपबाट गुगलले यस्तो सेवा सुरु गरेको हो जसमा तपाईले तपाईको जिमेल आईडी प्रयोग गरेर बढीमा १०० जनासँग एकैपटक भिडियो कल गरी मिटिङ तथा अध्ययनहरु गर्न सक्नुहुन्छ ।

तपाईले यसको फ्रि भर्सनमै यो सुविधा पाउन सक्नु हुनेछ । हुन त गुगलले धेरै वर्ष पहिलेदेखि नै गुगल ह्याङ आउट्स मार्फत यस्तै सेवा दिएको थियो तर यसका सिमाहरु तोकिएका थिए ।

अब भने यसले यसको दायरा बढाएको छ । कसरी गर्ने त गुगल मिट एपको प्रयोग ? यस भिडियो सामग्रीमा तपाईलाई गुगल मिट एप ईन्स्टल गर्न, मिटिङ जोईन गर्न र मिटिङ सञ्चालन गर्न वा कक्षा संचालन गर्न आवश्यक सबै जानकारीहरु भिडियोमा हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*