भारतको ऐतिहासिक नक्सामा पनि लिपुलेक र लिम्पियाधुरा नेपालकै

तामसालिङ खबर
१३ जेष्ठ २०७७, मंगलवार ०७:४०

जेठ १३, काठमाडौं – नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर हो सीमा छुट्याएको पाइएको छ ।

भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेको नक्सामा कालीनदीलाई सीमा क्षेत्र मानिएको छ जसको मुहान लिम्पियाधुरामा पर्ने उल्लेख छ । भारत आफैंले जारी गरेको पुरानो नक्सा नै ऐतिहासिक प्रमाण हो ।

सन् १८३० मा सर्भे भएको आधारमा जारी हिन्दुस्तानको पश्चिमी प्रदेशको नक्सामा लिम्पियाधुराबाट बग्ने कालीनदीको मुहानलाई नेपालको सिमानाका रुपमा उल्लेख गरिएको छ ।

भारत आफैले पुनः प्रिन्ट गरेर सन् १८४८ मा नक्सा जारी गर्दा पनि लिम्पियाधुराबाट बग्ने कालीनदीलाई सीमा मानेको छ । तर, अहिले भारतले सानो खोलालाई कालीनली भएको दाबी गर्दै आएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*