नेपालमा कोरोनाका कारण थप एक मृत्यु, नया ६ संक्रमित थपिए

तामसालिङ खबर
१२ जेष्ठ २०७७, सोमबार १९:०२

जेठ १२, काठमाडौं – नेपालमा थप एक जनाको कोभिड-१९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। यसअघि तीन जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको सरकारले बताएको थियो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाराका ७० वर्षीय पुरुषको गत जेठ ४ गते उपचारका क्रममा मृत्यु भएको थियो । पछि उनीबाट सङ्कलित नमुनाको परीक्षण गर्दा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको उनले बताए ।

ती व्यक्ति क्षयरोगबाट पीडित भएको जनाकारी पनि डा. देवकोटाले दिए । साथै मन्त्रालयले थप छ जनामा कोभिड-१९ देखिएको सोमवार अपराह्ण पुष्टि गरेको छ। यसअघि बिहान मन्त्रालयले ७२ जनामा कोभिड-१९ पुष्टि गरेको थियो ।

सोमवार कोभिड-१९ पुष्टि भएका मृतकसहित अब सङ्क्रमितको कुल सङ्ख्या ६८२ पुगेको छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म १५५ जना निको भएर घर फर्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*