नेपालमा तीन महिनायताकै उच्च संक्रमण दर

तामसालिङ खबर
१२ जेष्ठ २०७७, सोमबार १३:०६

जेठ १२, काठमाण्डौ – पछिल्लो एक सातायता कोरोना भाइरस संक्रमण दर उच्च रुपमा बढेको छ । ५ जेठ देखि ११ जेठसम्मको अवधिमा तीन महिनायताकै संक्रमण दर उच्च रहेको छ ।

एक साताको अवधिमा ३ सय १३ जना संक्रमित थपिएका छन् । नेपालमा १० माघ २०७७ मा पहिलोपटक ३२ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएदेखि ४ जेठसम्म संक्रमितको संख्या २ सय ९५ रहेको थियो ।

गत जेठमा ८० जना, ६ जेठमा २७ जना, ७ जेठमा २५, आठ जेठमा ३०, ९ जेठमा ५९, १० जेठमा ६८ र आइतबार २४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंमा उल्लेख रहेको आजको राजधानी दैनिकमा खवर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*