भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता कहिले ?

तामसालिङ खबर
१२ जेष्ठ २०७७, सोमबार ०७:५४

भारतले विगत ५८ वर्षदेखि भारतीय सुरक्षा फौज राखेर अतिक्रमण गरेको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले नयाँ राजनीतिक नक्सामा समेटेको छ । नेपाली भूमि फिर्ताका लागि भने अब नेपालले भारतसँग सार्थक वार्ता गर्नुपर्ने देखिएको छ ।

लिपुलेक र लिम्पियाधुरा भारतले पनि आफ्नो राजनीतिक नक्सामा समेटेकाले अब भूमिको विवाद वार्ताबाटै हल गरिनुपर्ने विदेश मामिला जानकार दीपकप्रकाश भट्टको भनाइ छ । ‘नक्सा सार्वजनिकपछि अब नेपालले तथ्यसहित भारतसँग वार्ता गर्नुपर्छ,’ उनले भने, ‘भएका प्रमाण, एतिहासिक तथ्य, सिमानाको विषयलषयतमा यथार्थ खोज्नुपर्छ ।’

दुई देशबीचको सीमा विवादको विषयमा नेपालको नापी विभाग र भारतको बोर्डर सर्भे अफ इन्डियाले विवादको क्षेत्रको पहिचान गर्ने दुइवटा संयन्त्र बनाएर हल गरिनुपर्ने भट्टले बताए । विश्व मानचित्रमा लिपुलेक र लिम्पियाधुराको विषय अब विवादको विषय बनाउन नहुने विज्ञहरूको भनाइ छ ।

नेपालसँग प्रशस्त तथ्य प्रमाण भएकाले यो समयमा नेपालले सार्थक पहल लिनु आवश्यक छ । लिपुलेक र लिम्यिाधुरा नेपालको भूमि भए पनि यसअघि नेपालले सो क्षेत्रलाई नक्सामा नसमेटेर गलत नक्साको प्रयोग गर्दै आएको थियो । भारत र चीनबीच युद्ध भएको समय २०१९ साल (सन् १९६२) देखि मिचिएको र त्यसपछि २०५३ सालदेखि प्रकाशनमा बहुचर्चित भएको कालापानी–लिम्पियाधुरा क्षेत्र मानिएको छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी भूमिका कारण यसअघि तत्कालीन नेकपा एमालेभित्रको विवाद चर्केर पार्टीसमेत फुटेको थियो । फुटपछि बनेको नेकपा मालेको नेतृत्वको विद्यार्थी संगठनले लिपुलेक र लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्दै भारतले सो भूमि फिर्ता गर्नुपर्ने भन्दै विरोध जनाएको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*