नेपालमा ७२ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६७५ पुग्यो

तामसालिङ खबर
१२ जेष्ठ २०७७, सोमबार ११:५७

जेठ १२, काठमाडौं – नेपालमा सोमबार बिहान ७२ जना कोरोना संक्रमित थपिएको छ । देशका विभिन्‍न प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणबाट ७२ जना थपिए सँगै ६७५ जना संक्रमित पुगेका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखमा नयाँ संक्रमित भेटिएका   छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषा नगराइन नपरगापालिकाका ३ जना पुरुष, कपिलवस्तु शिवराज नगरपालिका ३ जना पुरुष, काठमाडौं टोखा र बुढानिलकण्ठका ३ जना पुरुष, बारा कलैया कोटवालीका २ जना पुरुष र रौतहट २६ जना पुरुषमा कारोना संक्रमण पुष्टि भएको    छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बर्दिया बाँसगढीका १ जना र बाँकेका ४ जनामा कोरोना देखिएको  हो । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बारामा गडीमाईमा २१ जना पुरुषमा कोरोना देखिएको हो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्ती डाक्नेश्वरी नगरपालिकाका २ जना पुरुषमा कोरोना देखिएको छ ।

त्यस्तै, भेरी अस्पताल नेपालगञ्‍जमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका र ढुंगेश्‍वर गाउँपालिकिाका एक जना महिला सहित ५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखकै गुराँस गाउँपालिकामा २ जना पुरुषमा कोरोना देखिएको हो ।

हाल सम्म कोरोनाको संक्रमणबाट १ सय ५ जना निको भैसकेका छन् भने तीन जना मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*