कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार नाघ्यो

तामसालिङ खबर
१२ जेष्ठ २०७७, सोमबार ०९:०१

जेठ १२, काठमाडौं – कोरोना भाइरसका कारण विश्वभर तीन लाख छयालीस हजार भन्दा बढी मृत्यु भएको छ । वल्डमिटर्सकोको तथ्यांक अनुसार सोमबार बिहानसम्म कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ६ सय ८८ पुगेको छ भने संक्रमितको संख्या ५४ लाख ९८ हजार ५ सय ७७ पुगेको छ ।

यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका २३ लाख २ हजार ४ जना उपचारपछि निको भएका छन् । हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ९९ हजार ३०० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १६ लाख ८६ हजार ४ सय ३६ जना पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ४ लाख ५१ हजार ७ सय २ जना निको भइसकेका छन् ।

त्यस्तै, अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ हजार ७ सय ८५ पुगेको छ भने संक्रमितको संख्या २ लाख २९ हजार ८ सय ५८ जना पुगेको छ । बेलायतमा कोरोनाबाट मृत्यु हुनेको सख्या ३६ हजार ७ सय ९३ जना पुगेको छ भने संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ५९ जना पुगेको छ ।

त्यस्तै गरि, स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २८ हजार ७ सय ५२ पुगेको छ भने संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ५२ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*