हावाहुरीबाट चितवनमा एक जनाको मृत्यु, चार जना घाइते

तामसालिङ खबर
१२ जेष्ठ २०७७, सोमबार ०७:३६

जेठ १२, चितवन – आइतबार साझ चितवनको भरतपुर–१ देवघाटमा चलेको हावाहुरीले एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा बुटवल घर भई भरतपुर महानगरपालिका मिलनचोक बस्ने २९ वर्षीय रामबहादुर विश्वकर्मा रहेको बताएको छ ।

उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते चारजनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ र उनीहरु खतरामुक्त रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*