नेपालमा बिहानै ३० जनामा कोरोना पुष्टी, संक्रमितको संख्या ४८७ पुग्यो

तामसालिङ खबर
९ जेष्ठ २०७७, शुक्रबार १०:५७

जेठ ९, काठमाण्डौ – शुक्रबार विहान थप ३० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा थापा ३० जना कोरोनाको संक्रमित पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमित हुनेहरु नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् ।

त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया किशोरी छन् । कपिल वस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षिप पुरुष तथा ८ वर्षीय बालिकामा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*